पहिलो घण्टा :  १४.१२ अंकले बढेर २८८४.५० को बिन्दुमा नेप्से, कारोबार रकम कति ?

सोमबार, १४ असार २०७८, १२ : ४२

काठमाडौं, साताको दोस्रो दिन (सोमबार) पहिलो घण्टामा नेप्से परिसूचक १४.१२ अंकले बढेर २८८४.५० विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा २०४ ओटा कम्पनीको २० हजार ४७८ पटकको कारोबारमा ७९ लाख ६५ हजार २७४ कित्ता शेयरको रू. २ अर्ब १ करोड २५ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत्, वित्त, अन्य र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.३९ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ । 

सोमबार, १४ असार २०७८, १२ : ४२

प्रतिक्रिया