काठमाडौं, साताको दोस्रो दिन सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११.७५ अंकले बढेर २८८२.१४ विन्दुमा पुगेको छ ।
तेस्रो घण्टाको अवधिमा २१६ ओटा कम्पनीको रू. ४ अर्ब ८४ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारको तेस्रो घण्टामा सिभिल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू.१ हजार ४८५ कायम भएको छ । त्यस्तै, मिथिला लघुत्तिको शेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.०१ प्रतिशतले बढेको हो ।
यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५६ करोड ५३ लाख बराबरको शेयर कारोबार भएको छ । १ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रतिक्रिया