काठमाडौं, बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो ।
अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोवारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको शेयर बिक्रीमा अधिक बिक्री चाप प¥यो ।
आज बजार बन्द हुँदा सो कम्पनीको शेयर प्रतिकित्ता रु ७९० मा रोकिएको छ । कारोवार समयसम्म माथिल्लो तामाकोशीको शेयरमा प्रतिकित्ता रु ११० को उतारचढाव देखिएको छ ।
कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा यूनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
सोमबार ५.११ बिन्दुले बढेर नेप्से २८७५.४९ मा पुगेको छ ।
प्रतिक्रिया