प्रि ओपन सेसन: करिब ५ अंक बढ्यो नेप्से,३२ कम्पनीको शेयरमुल्यमा वृद्धि

मंगलबार, १५ असार २०७८, ११ : ०६

काठमाडौ, साताको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.११ अंक बढेर २८७५.४९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.८४ अंक बढेर २८८०.३४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४९ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

मंगलबार, १५ असार २०७८, ११ : ०६

प्रतिक्रिया