सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

मंगलबार, १५ असार २०७८, ११ : २८

काठमाडौं, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने भोलि (बुधवार) अन्तिम दिन रहेको छ । 

कम्पनी  कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्ष ०७६र७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा प्रधान कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे बाट हुने भएकोे हो  । उक्त सभा प्रयोजनका लागि असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले असार १६ गतेसम्म लाभांशका लागि शेयर कायम गर्नुपर्ने भएको हो ।

मंगलबार, १५ असार २०७८, ११ : २८

प्रतिक्रिया