पहिलो घण्टा : नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम डेढ अर्ब नजिक

मंगलबार, १५ असार २०७८, १२ : २२

काठमाडौं, साताको तेस्रो दिन मंगलवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १३.७८ अंकले घटेर २८६१.७२ विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा २०५ ओटा कम्पनीको ७९ लाख ६५ हजार २७४ कित्ता शेयर २० हजार ४७८ पटकको कारोबारमा रू. १ अर्ब ४५ करोड १ लाख २५ हजार बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको छ ।
 

मंगलबार, १५ असार २०७८, १२ : २२

प्रतिक्रिया