दोस्रो घण्टा नेप्से २२.४५ अंकले ओरालो लाग्यो, १२० कम्पनीको शेयरमुल्यमा गिरावट

मंगलबार, १५ असार २०७८, १३ : १६

काठमाडौं, आज साताको तेस्रो दिन (मंगलबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २२.४५ अंकले घटेर २८५३.०५ विन्दुमा पुगेको छ ।  कारोबारको  दोस्रो घण्टामा ०.७८ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २१६ ओटा कम्पनीको ३२ हजार  २४४ पटकको कारोबारमा  ५३ लाख ३ हजार ४४७ कित्ता शेयरको रू. २ अर्ब ७६ करोड ४८ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेशनल हाइड्रोपावर को सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू २६ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज  २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२० शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

मंगलबार, १५ असार २०७८, १३ : १६

प्रतिक्रिया