काठमाडौं, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओले ‘डबल बि रेटिङ्ग’ प्राप्त गरेको छ ।
इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘आईआर बीबी रेटिङ्ग’ प्रदान गरेको छ ।
डबल बि रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको जनाउने इक्रा नेपालले जनाएको छ ।
इक्रा नेपालले रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र भएको पनि बताएको छ ।
जारी पूँजी २६ करोड रुपैयाँ रहेको लघुवित्तले सर्वसाधारणमा ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रकृया अगाडि बढाएको छ ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीले सोेमबार मात्रै एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तले चालु आवको ९ महिनामा ३ करोड २६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
प्रतिक्रिया