काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३६.३४ अंकले घटेर २८३९.१६विन्दुमा पुगेको छ ।
सो अवधीसम्म २२० ओटा कम्पनीको रू।. ४ अर्ब १६ करोड ५४ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक १.२३ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन,विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । जसमध्ये लगानी समूहको परिसूचक ३.२१ प्रतिशतले घटेको हो ।
यस अवधिसम्म राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४३ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया