उपत्यकामा फेरी बढ्न थाल्यो कोरोना संक्रमित, तेस्रो लहरले बालबालिका जोखिममा पर्ने चेतावनी

२ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण फेरी बढ्न थाले पछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो ।

विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका बेला पछिल्लो समय उपत्यकाका अधिकांश अस्पतालमा कोभिडको लक्षण देखिने बालबालिकाको संख्या बढिरहेको छ । 

तेस्रो चरणको संक्रमण आउन सक्ने आँकलन गर्दै कामपाले महानगर क्षेत्रका तीन आइसोलेसन सेन्टरलाई थप स्वाथ्य सामग्रीसहित व्यवस्थित गर्न शुरू गरेको छ । 

तथ्यांकअनुसार मंगलबार राजधानीमा झन्डै ४ सयको हाराहारीमा संक्रमित बढेको छ । उक्त दिन उपत्यकामा करिब ७ सय संक्रमित फेला परेको थियो । संक्रमणको दर बढेपछि थप योजना तयार गर्न थालेको बताइएको छ । 

महानगरले लक्षण देखिएको वडा र क्षेत्रमा पुगेर तत्काल पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया