सोमबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, मृतकको संख्या कति ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो । 

कोरोनाको संक्रमणबाट आज २५ जनाको मृत्यु भएको छ। आइतबार १६ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ७३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना निको भएका छन्। सक्रिय संक्रमितको संख्या पनि बढेर २७ हजार ९०८ पुगेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया