फेरी बढ्दै संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा कति संक्रमित थपिए र मृतक कति ?

२ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पदिेशभर १४ हजार २४२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३६५ जनामा कोरोना देखिएको हो। जसमध्ये नौ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३३५ र चार हजार ६८७ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ३० जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै, आज कोरोनाबाट १६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३७३ जना निको भएका छन्।

२ बर्ष अगाडि

प्रतिक्रिया