मैलुङ खोलाको आईपिओमा हिलो दिनमै मागभन्दा १०.४३ गुणा बढि आवेदन, कहिले सम्म दिन सकिन्छ ?

२ बर्ष अगाडि

काठमाडौंं - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले विहिबारबाट निष्कासन गरेको साधारण सेयर (आईपिओ) मा पहिलो दिनमै मागभन्दा धेरै आवेदन परेको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म ५ लाख ७ हजार ६ सय जना लगानीकर्ताले ७१ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको ७१ लाख ४३ हजार ८०० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता भन्दा १०.४३ गुणा धेरै आवेदन हो ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डले असार २३ गते, बुधबार अनुमति प्रदान गरेको थियो । 

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिनु पर्ने छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया