नेप्सेमा लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन

२ बर्ष अगाडि

काठमाडौं, शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन गरेको भएको छ। नेप्सेले फण्डले प्रस्ताव गरेको ३५ प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो । 

बिहीवार कायम कोषको अन्तिम इकाईमूल्य १७ रूपैयाँ ४० पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १३ रूपैयाँ ९० पैसा तोकेको हो । फण्डले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो । 

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७र७८ को लागि करसमेत ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गत साउन ७ गते गरेको हो । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया