लकडाउन पालना गराउन सेना परिचालन !

२ बर्ष अगाडि

काठमाडौं - अष्ट्रेलियाको सिड्नीमा गत महिनादेखि जारी रहेको लकडाउन थप एक महिनाका लागि थप गरिएको छ । उक्त लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सिड्नीमा कोरोना संक्रमण सबैभन्दा धेरै देखिएका स्थानमा सेनाले प्रहरीलाई लकडाउन पालना गराउन सहयोग गर्नेछन् । 

गत जुन महिनामा डेल्टा भेरियन्टसहितको संक्रमण बढ्न थालेको थियो । त्यसयता अहिलेसम्म तीन हजार संक्रमित फेला परिसकेका छन् भने नौ जनाको मृत्यु भइसकेको छ । पाँच सातासम्म संक्रमण नियन्त्रणको लागि भन्दै लकडाउन गरिए पनि संक्रमण निरन्तर बढिरहेको छ ।

अधिकारीहरुका अनुसार शुक्रबार सिड्नीमा १७० नयाँ संक्रमित फेला परेका छन् । यद्यपि अहिले धेरैले सेना परिचालन गर्नु आवश्यक नरहेको बताएका छन् । अगष्ट २८ सम्मका लागि गरिएको लकडाउनको क्रममा मानिसहरुलाई शारीरिक अभ्यास, शपिङ, स्वास्थ्य स्याहार तथा अन्य अत्यावश्यक कामबाहेक बाहिर जान रोक लगाइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया