मैलुङ खोला जलविद्युतको आईपीओमा साढे २१ गुणा बढी आवेदन, कति कित्ताको माग आवेदन ?

२ बर्ष अगाडि

काठमाडौं, मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा साढे २१ गुणा बढी आवेदन परेको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार दिउसो २ बजेसम्म १० लाख ८१ हजार ८०० जना लगानीकर्ताले १ अर्ब ४७ करोड ६१ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६१ हजार कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको २१.५८ गुणा बढी हो ।
 
मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये  १४ हजार ७२६ कित्ता शेयर कर्मचारी र ३६ हजार ८१४ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
 
यसमा प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ । यो आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यस आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया