विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड नाघ्यो, ४७ लाख २१ हजार बढिको मृत्यु

२ बर्ष अगाडि

काठमाडौं - विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४ लाख ५० हजार ९०१ जना संक्रमित भएका छन् । यो सँगै विश्वभर संक्रमितको संख्या २३ करोड २ लाख ७३ हजार ७४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार १०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ लाख २१ हजार ५६६ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ५८ हजार ९४९ छ । यसमध्ये ९८ हजार ४१५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर अहिलेसम्म २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ६९ लाख ९३ हजार २२६ पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया