अटोमोबाइल व्यवसायीको निर्वाचन मंसिर २२ देखि २३ गते हुने

२ बर्ष अगाडि

अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन आगामी मंसिर २२ गतेदेखि २३ गते हुने भएको छ ।  

एसोसिएसनको ४५ औं साधारणसभा र नयाँ नेतृत्वको लागि मंसिर २२ देखि २३ गतेलाई तोकिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । यद्यपि, उक्त निर्णय भोलि (शुक्रबार) बस्ने नाडाको केन्द्रीय समितिले पारित गर्नेछ । आसन्न निर्वाचन नाडाको २१ औं निर्वाचन हो ।

यसअघि भदौ २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड–१९ का कारण रोकिन पुगेको थियो । गत साउन २६ गते बसेको नाडाको १४ औं केन्द्रीय कार्यसमिति बैठकले जिल्ला प्रशासन कार्यालय काठमाडौंको नीतिलाई देखाउँदै तत्कालका लागि निर्वाचन रोक्ने निर्णय गरेको थियो । 

तर, अहिले कोभिडको प्रभाव क्रमशः कम हुँदै गएको र दसैं तिहारपछि निर्वाचन गर्न उचित हुने देखिएकाले नाडाले निर्वाचनको नयाँ मिति तोक्न लागेको अध्यक्ष दुलालले जानकारी दिए ।

हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल रहेका छन् भने यस अघिनै उनको दुई वर्षे कार्यकाल सकिसकेको छ । भावी नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुव थापाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया