राष्ट्रिय सभाले पनि पारित ग¥यो विनीयोजन विधेयक

२ बर्ष अगाडि

विनियोजन विधेयक (बजेट) २०७८ राष्ट्रियसभाबाट पनि पारित भएको छ । 

राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधिसभामा पठाउने र प्रतिनिधिसभाका सभामुखले प्रमाणित गरि राष्ट्रपतिकहाँ पठाउनुपर्ने नियम छ । 

सोही बमोजिम बिनीयोजन विधेयक राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । र प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।

विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएपछिमात्रै सरकारलाई बजेट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।
प्रतिनिधि सभामा एमाले अबरोधका कारण समयमै विनीयोजन विधेयक पारित नहुँदा अहिले सरकारले बजेट खर्च गर्न नसक्ने ‘गभर्मेन्ट सटडाउन’को अबस्था छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया