पछिल्लो २४ घण्टामा १२ सय बढी संक्रमित थपिए, १ हजार ३२४ जना संक्रमणमुक्त र कति जनाको मृत्यु ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  पीसीआर विधिबाट ११ हजार ६२९ र एन्टिजेन विधिबाट ३ हजार ६१४ गरि १५ हजार २४३ जनाको परीक्षण गर्दा १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना निको भएका छन् भने थप १३ जनाको मृत्यु भएको छ । यो संगैं मुलुकभर ७ लाख ५६ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ७२ जनाको मृत्यु भएको छ ।

हाल देशभर २१ हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया