नबिल ब्यालेन्स फण्ड ३ को इकाई बाँडफाँट, कसले कति पाए ?

२ बर्ष अगाडि

काठमाडौं, नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स फण्ड ३ को इकाई बाँडफाँट भएको छ । 

भदौ २५ गतेदेखि २९ गतेसम्म निष्कासन भएको उक्त इकाई बिहीवार बिहान नबिल इन्भेष्टमेण्ट बैकिङको कार्यालयमा बाँडफाँट भएको हो । फण्डले १० करोड इकाई निष्कासन गरेको थियो । 

 फण्डले निष्कासनग गरेको ले १० करोड इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक नबिल बैंकलाई सुरक्षित  गरेको छ ।

त्यसैगरी १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सुरक्षित गरिएको र बाँकी रहेको ८ करोड ५० लाख इकाई लागि सर्वसाधारणलाई निष्कासन गरिएको थियो । उक्त इकाईमा १ लाख ४३ हजार २५१ जना आवेदकले २२ करोड ९४ लाख २३ हजार १७० इकाईका लागि आवेदन दिएका थिए  ।

१०० इकाईदेखि १६ हजार इकाईसम्म माग गर्ने आवेदकहरुले माग गरे बमोजिम नै पाएका छन्  । त्यसैगरी १७ हजार इकाईदेखि १ करोड इकाईसम्म माग गर्ने आवेदकहरुलाई १६ हजार ६७० इकाई र बाँकी रहेको २ हजार ३८० इकाई २३८ जनालाई १० इकाईको दरले थप बाँडफाँट गरिएको छ ।

१७ हजारदेखि १ करोड इकाई माग गर्ने आवेदक ९०९ जना रहेको विक्री प्रबन्धकले जानकारी दिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया