साहस उर्जाको आइपीओमा दोस्रो दिन २.८८ गुणा बढी आवेदन, कतिले भरे आईपीओ ?

२ बर्ष अगाडि

काठमाडौं- साहस उर्जाको आइपीओमा दोस्रो दिन २.८८ गुणा बढी आवेदन परेको छ ।

आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा  १ करोड ८६ लाख कित्ताका लागि १२ लाख ७१ हजार जना आवेदकबाट आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.८८ गुणा बढी हो ।

कम्पनीले कुल ७० लाख कित्ता निष्कासन गरेको आइपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । 
 
प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिन्छ । असोज ६ गते देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला साहजको आइपीओ असोज १० गतेसम्म भर्न सकिन्छ । लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । 
 
इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया