भारतमा लगातार ४ दिनदेखि पेट्रोल र डिजेलको मूल्य उकालो लाग्दै, प्रतिलिटरको कति ?

२ बर्ष अगाडि

काठमाण्डौ । कच्चा तेलको दाम बढ्न थालेसँगै इन्धनको मूल्य पनि वृद्धि हुन थालेको छ।

भारतमा लगातार ४ दिन देखि पेट्रोल र डिजेलको मूल्य बढेको छ। बितेको ४ दिनमा पेट्रोलको भाउ लिटरमा भारु १.१० र डिजेल भारु १.११ ले बढेको छ।

सरकारी तेल कम्पनीहरुले आज दिल्लीमा प्रतिलिटर डिजेलको दाम भारु ३० पैसा र पेट्रोलको दाम भारु २५ पैसाले बढाएका छन्। योसँगै प्रतिलिटर पेट्रोलको भाउ भारु १०२.४५ र डिजेल भारु ९०.८३ पुगेको छ। 

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारल ७९ डलर पुगेको छ। 

यसैगरी भारतीय आयल कर्पोरेसन (आईओसी)ले गत अक्टोबरमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। सूचीअनुसार प्रतिलिटर पेट्रोलको १३९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १२० रुपैयाँ हुन आउँछ। हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेलरपेट्रोलको मूल्य ११३ रुपैयाँ छ।

यसअघि गत सेप्टेम्बर १६ मा भारतले पठाएको पेट्रोलियम पदार्थको मूल्य सूचीअनुसार निगमलाई मासिक २ अर्ब १६ करोड रुपैयाँ घाटा भइरहेको छ। 

 

२ बर्ष अगाडि

प्रतिक्रिया