बुद्धभुमि नेपालको आईपीओको ओपनिङ्ग रेञ्ज कति  ?

२ बर्ष अगाडि

काठमाडौै - बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड असोज २२ गते  सम्पन्न भइसकेको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ०५ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २ सय ५२ रुपैयाँ १५ पैसा हुन्छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको  जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र योग्य आवेदक थिए ।  

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका थिए । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाको भने हात खाली भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया