दशैं मनाउन गतवर्षभन्दा दोब्बर मानिस काठमाडौंबाट घर गए तर पहिलाभन्दा आधा

२ बर्ष अगाडि

यो वर्ष चाडबाड मनाउन देशको राजधानी काठमाडौंबाट मात्रै नौं लाख मानिस आ आफ्नो घरतर्फ लागेका छन् । दसैँ  पर्व मनाउनका लागि असोज १ देखि काठमाडौंबाट नौं लाख मानिस आफ्नो घरतर्फ लागेका हुन् । 

यो संख्या मंगलबारसम्मको तथ्यांकमा आधारित रहेको र राजधानी छाडरनेको संख्या लगातार बढीरहेको यातायात व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार गतवर्षभन्दा यो वर्ष दशैंमा घर जानेहरु दुईगुणा बढी पुगेका छन् ।  
आज अष्ठमी र भोली नवमीको दिन झन धेरै मानिस काठमाडौं खाल्डोबाट बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङघका महासचिव सरोज सिटौलाले बताए ।

दशैंको अघिल्लो दिनसम्म झण्डै १२ लाख मानिसले उपत्यका छाड्ने अनुमान छ । यो संख्या गतवर्ष भन्दा दोब्बर भएपनि अघिल्ला वर्षहरुभन्दा भने झण्डै आधामात्र हो । दुईवर्ष पहिलेसम्म २५ लाखभन्दा बढी मानि दशैं मनाउन घर जाने गरेकोमा गतवर्ष कोभिड– सङ्क्रमणको जोखिमका कारण करिब चारपाँच लाख यात्रुमात्र काठमाडौंबाट बाहिरिएका थिए । 
कोभिडका कारण पोहोरसाल दशैंका लागि भनेर अग्रिम टिकट नै खुलाइएको थिएन । 

दशैंमा घरमा जाने यात्रुको चाप हुने हुँदा यातायात व्यवसायी पनि पैसा कमाउने मौका यही हो भन्दै तनावमा गाडी चलाउने गरेकोले ठूला दुर्घटनाहरु हुने गरेका छन् । अहिलेसम्म नै वर्षा नरोकिएकोले सडकहरु बिग्रीएकाले गर्दा पनि दुर्घटनाको जोखिम बढी छ । 
त्यसमाथी लामो समयसम्मको लकडाउनका कारण सवारी साधन चलाउन नपाएर नोक्सान ब्यहोरेका व्यवसायीले मौकाको फाइदा उठाउँदै धेरै ट्रीप गर्नका लागि हतार गर्ने, चालकले आराम नगरी रातदिन गाडी चलाउने गरेका छन् । यस्तो जोखिमबाट बच्नका लागि सडक मर्मत र सवारी सुरक्षामा निकै ख्याल गर्न सरोकारवालाको सुझाव छ । 

दशैंमा घर गएकाहरु विजया दशमीको भोलिपल्टदेखि काठमाडौँ उपत्यका फर्कन थाल्ने भएकोले त्यसबेलासम्म  सडक मर्मत गरी तयारी अवस्थामा राख्नुपर्ने यातायात व्यवसायीको माग छ भने व्यवसायीले सडक सुरक्षाका सबै उपाय अपनाउन र सुरक्षा निकायले निगरानी बढाउनुपर्ने जरुरी छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया