मुक्तिनाथ कृषि कम्पनीले ४ लाख कित्ता आईपीओ जारी गर्ने

असोज २७, २०७८ | आजको अर्थ
ajaako_artha

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) जारी गर्ने भएको छ ।  मुक्तिनाथ विकास बैंकलगायत नेपालका ८६३ जनाभन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको कम्पनीले जारी पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने भएको हो । 

सर्वसाधारणलाई सेयर जारी गर्नका लागि प्रकृया शुरु गरिसकेको कम्पनीले जनाएको छ ।  सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउन कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

मुक्तिनाथ कृषि कम्पनी  कृषि पेसालाई प्रतिष्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित २०७५ सालमा स्थापना गरिएको हो। जसको एक अर्ब अधिकृत पुँजी र ४० करोड जारी पुँजी रहेको छ । 

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरुमध्ये सर्वसाधारणको लागि सेयर निष्कासन  गर्ने पहिलो कम्पनी हुने छ। 

चैत मसान्तभित्र निष्कासनको सबै प्रक्रिया पुरा गरी जारी गर्ने लक्ष्य लिइएको छ। यसअन्तर्गत सर्वसाधारणको लागि चार करोड बराबरको ४ लाख कित्ता सेयर जारी गरिने छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८