प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५६ मा कोरोना पुुष्टि, संक्रमणमुक्त हुने कति ?

२ बर्ष अगाडि

विराटनगर - प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । ३८९ जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, बुढीगंगामा ७, सुन्दरहरैचमा ५, कटहरीमा ३, केराबारी, मिक्लाजुङ, बेलबारी, कानेपोखरी र लेटाङमा १–१, सुनसरीको इटहरीमा ५, इनरुवामा ३, धरान, दुहवी र गढीमा २–२, रामधुनी र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा २, झापाको दमक, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७३ महिला र ७१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया