विश्वमा २४ करोड ११ लाख ४९ हजार बढिमा कोरोना पुष्टि हुँदा झण्डै २१ करोड ८४ लाखले जीते, मृत्यु कति ?

२ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ४२ हजार ६० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २४ करोड ११ लाख ४९ हजार ३८६ पुगेको छ । 

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार बेलायतमा ४३ हजार ४२३, अमेरिकामा ३३ हजार ९१०, रुसमा ३३ हजार २०८, टर्कीमा २८ हजार ५३७, भारतमा १४ हजार ७३ ब्राजिलमा ११ हजार २५० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५ हजार ३२५ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ लाख ९ हजार ६६० पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसका छन् । त्यहा मात्रै एक हजार २ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४७२, अमेरिकामा ४६४, टर्कीमा २१२ र भारतमा १४६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ३१ हजार ५११ जना संक्रमणमुक्त भएका छन् । यो सँगै विश्वमा कोरोना जित्नेको संख्या २१ करोड ८३ लाख ९४ हजार २२६ पुगेको छ । संक्रमणमुक्त हुने अमेरिकामा सबैभन्दा धेरै छन् । 

जहाँ ४८ हजार २४६, बेलायतमा ४० हजार ६०६, टर्कीमा २५ हजार ६११, भारतमा १९ हजार ७८५ र ब्राजिलमा १० हजार ११४ जना निको भएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया