नेपालमा संक्रिय संक्रमितको संख्या कति

२ बर्ष अगाडि

काठमाडौं - नेपालमा असोज ३० गतेसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ५८९ रहेको छ । हालसम्म संक्रमित भएका ८ लाख ४ हजार ६५२ मध्ये ७ लाख ८० हजार ७७६ जना निको भएका छन् । 

११ हजार २७८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । हाल देशभर रहेका सक्रिय संक्रमित मध्ये ११ हजार ५४४ जना होम आइसोलेसन, १ हजार ५४ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा ९७ जना भेन्टिलेटरमा उपचाररत  छन् । 

हालसम्म संक्रमित हुनेमध्ये ३ लाख २७ हजार २५४ जना महिला र ४ लाख ७७ हजार ३९८ जना पुरुष रहेको मन्त्रालयको तथ्यांक छ । 
 
 

२ बर्ष अगाडि

प्रतिक्रिया