चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने

२ बर्ष अगाडि

काठमाडौं - चीन सरकारले नेपाललाई २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ ।

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज भएको टेलिफोन वार्तामा यीले उक्त घोषणा गरेका हुन् । वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
 
मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा खड्का र यीबीच दुई पक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया