न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड शुक्रबार, २० लाख ७२ हजार बढी आवेदकको हात खाली हुने

२ बर्ष अगाडि

काठमाडौं - न्यादी हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँडको लागि मंगलबार प्रि-अलोटमेन्ट सम्पन्न भएको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँडका लागि मंगलबार प्रि अलोटमेन्ट गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाइएको जानकारी दिएको छ ।

क्यापिटलका अनुसार बोर्डको स्वीकृति पश्चात शुक्रबार बिहान आईपीओ बाँडफाँड हुने मिति निर्धारण गरिएको छ । न्यादी हाइड्रोपावको शेयर खरीदका लागि अन्तिम दिनसम्ममा २२ लाख ८२ हजार २७ जना आवेदकबाट २ करोड ७६ लाख १५ हजार ९२० कित्ता शेयर खरीदका लागि माग परेको छ ।

कम्पनीले असोज १५ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन संकलन गरिएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँडमा गोलाप्रथाबाट २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने २० लाख ७२ हजार ७ सय बढी आवेदकको हात खाली हुनेछ ।

कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया