ब्रिटेनको सिक्का निर्माता रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप कम्प्युटरबाट सुन र अन्य बहुमूल्य धातु निकाल्ने भएको छ ।
रोयल मिन्टले विश्वमै पहिलोपटक रसायनको सहाताबाट बहुमूल्य धातुहरूलाई क्षणभरमै सर्किट बोर्डबाट निकाल्ने भएको हो ।
पुराना उपकरणबाट रसायनिक प्रविधिकोाट धातु निकाल्ने योजना विश्वकै पहिलो प्रयोग योजना हो ।
रोयल मिन्टले क्यानडाको एक्सिर नामक नयाँ कम्पनीसँग काम नलाग्ने पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकाल्ने सहमतिमा हस्ताक्षर गरेको छ ।
रोयल मिन्टका प्रमुख कार्यकारी एन जेस्सोपले यो प्रविधिले ूविश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौतीमध्ये एकलाई समाधान गर्न प्रभाव पार्ने बताएका छन्।
अध्ययनकर्ताहरूले सन् २०२१ मा फ्याँकिएका विद्युतीय फोहोर पाँच करोड ७० लाख टनभन्दा बढी भएको आकलन गरेका छन्।
रोयल मिन्टले यस विषयमा केही नगरिए सन् २०३० सम्म यस्तो फोहोर सात करोड ४० लाख टन पुग्ने बताएको छ। यो सङ्ख्या सन् २०२० को आँकडाभन्दा झन्डै दोबर हो।
ती उपकरणलाई पगालेर नभई सामान्य तापक्रममै बहुमूल्य धातु निकाल्ने योजना रोयल मिन्टको छ।
परीक्षण प्रयोगमा ९९९।९ प्रतिशत शुद्ध सुन निकालिएको छ भने यो प्रविधि पूर्ण रूपमा विकास हुँदा त्यस्ता उपकरणबाट पलेडियम, चाँदी र तामा पनि छुट्टाउन सकिने बताइएको छ।
जोस्सेपले विद्युतीय फोहोर कम गर्न, बहुमूल्य धातु संरक्षण गर्न र नयाँ सीपको विकास गर्न यो प्रविधिको ठूलो प्रभाव पर्न सक्ने बताएकी छन्।
रोयल मिन्टका प्रमुख विकास अधिकृत सीन मिलार्डले यो प्रविधिको रसायनशास्त्रलाई ूक्रान्तिकारीू बताएका छन्।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।