सरकारलाई टेलिकमले भन्दा एनसेलले दुइगुणा धेरै राजस्व बुझायो

२ बर्ष अगाडि

गत आर्थिक वर्षमा नेपाल टेलिकमले भन्दा एनसेलले सरकारलाई दुई गुणा भन्दा बढी राजस्व तिरेको छ । 

आव २०७७÷७८ मा सरकारी स्वमित्वको दूर सञ्चार सेवा प्रदायक कम्पनी टेलिकमले १२ अर्ब ५८ करोड रुपैयाँ सरकारलाई बुझाउँदा निजी क्षेत्रको कम्पनी एनसेलले झण्डै २७ अर्ब रुपैयाँ बुझाएको हो । 

एनसेलले सो आर्थिक वर्षमा सेवा शुल्क वापत चार अर्ब ६९ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर ९भ्याट० पाँच अर्ब ५१ करोड, रोयल्टी बापत दुई अर्ब २१ करोड, अन्य कर–महसुल बापत १२ अर्ब ९६ करोड रुपैयाँ र फ्रिक्वेन्सी रकम बापत एक अर्ब ५९ करोड रुपैयाँ सरकारलाई बुझाएको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ। 

टेलिकमले भने अपरिष्कृत हिसाव अनुसार दूरसञ्चार सेवा शुल्कवापत तीन अर्ब ७४ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत तीन अर्ब एक करोड रुपैयाँ तथा अन्य कर÷महसुल बापत् चार अर्ब १० करोड तथा स्वामित्व कर बापत ५९ लाख १३ हजार, फ्रिक्वेन्सी रकम बापत् एक अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरेको छ। 

२ बर्ष अगाडि

प्रतिक्रिया