वर्ल्डलिंकले बुझायो सरकारलाई सबैभन्दा धेरै कर, दोस्रोमा सुविसु

२ बर्ष अगाडि

नेपालमा सञ्चालनमा रहेका इन्टरनेट सेवा प्रदायकहरुमध्ये वर्ल्डलिंक कम्युनिकेशनले सरकारलाई सबैभन्दा बढी कर  बुझाएको छ। 

वर्ल्डलिंकले विभिन्न शीर्षकमा दुई अर्ब ६८ करोड रुपैयाँ सरकारलाई बुझाएको हो । वर्ल्डलिंकले सेवा शुल्क बापत ५३ करोड रुपैयाँ, भ्याट बापत एक अर्ब २१ करोड रुपैयाँ, अन्य कररमहसुल बापत ८२ करोड ४२ लाख रुपैयाँ तथा रोयल्टी बापत ११ करोड ७२ लाख रुपैयाँ सरकारलाई बुझाएको प्राधिकरणले जनाएको छ। 

दोस्रोमा सुबिसु केवल नेटवर्कले आव २०७७/७८ मा सरकारलाई ८७ करोड ५४ लाख रुपैयाँ राजस्व बुझाएको छ। सेवा शुल्क बापत १२ करोड ९८ लाख रुपैयाँ, भ्याट बापत ५४ करोड १३ लाख रुपैयाँ, रोयल्टी रकम पाँच करोड ७० लाख रुपैयाँ, अन्य कररमहसुल बापत १४ करोड ७१ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ।  

भायनेटले सरकारलाई ४६ करोड रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ। भायनेटले भ्याट बापत ६ करोड ७१ लाख रुपैयाँ, रोयल्टी रकम बापत तीन करोड २० लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत २५ करोड ४३ लाख रुपैयाँ, अन्य कररमहसुल बापत १० करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ। 

यस्तै, मोफसलको इन्टरनेट सेवा प्रदायक टेक्माइण्ड्सले सरकारलाई आव २०७७/७८ मा १७ करोड ४३ लाख रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ। 

टेक्माइण्ड्सले भ्याट बापत ९ करोड ९५ लाख रुपैयाँ, रोयल्टी रकम बापत दुई करोड ५५ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत चार करोड ४२ लाख रुपैयाँ, अन्य कररमहसुल बापत ५० लाख रुपैयाँ भुक्तानी गरेको छ। 

क्लासिक टेकले सरकारलाई आव २०७७÷७८ मा १४ करोड २३ लाख रुपैयाँ बुझाएको छ। क्लासिक टेकले भ्याट बापत ६ करोड ३४ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत चार करोड ७९ लाख रुपैयाँ र अन्य कररमहसुल बापत तीन करोड नौ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ। 

त्यसैगरी, सिजीले सरकारलाई आव २०७७७८ मा कुल २९ लाख ३५ हजार रुपैयाँ तिरेको छ। सिजीले दूरसंचार सेवा शुल्क बापत दुई लाख ९१ हजार रुपैयाँ र अन्य कररमहसुल बापत २६ लाख ४३ हजार रुपैयाँ सरकारलाई बुझाएको प्राधिकरणले जनाएको छ। 

२ बर्ष अगाडि

प्रतिक्रिया