प्रि-ओपन सेसन : करिब साढे १ अंकले बढ्यो नेप्से परिसूचक

२ बर्ष अगाडि

काठमाडौं - आज साताको अन्तिम कारोबार दिन विहिबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ ।

बुधबार ६०.५६ अकं बढेर २५७१.६६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.३६ अंक बढेर २५७३.०५ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ ।

आज प्रि-ओपन सेसनमा ९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ । 

बाँकी ३ कम्पनीको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया