डिम्याट खाताको संख्या ४७ लाख नजिक, ‘मेरो सेयर’लिने ३५ लाख माथि

मंसिर ९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, ‘मेरो सेयर’ लिनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो समय सेयर बजारमा आकर्षण बढ्दै जाँदा सीडीएससीको ‘मेरो सेयर’ लिनेको संख्या पनि बढ्दै गएको हो ।

सीडीएससीको तथ्यांकअनुसार आजसम्म ‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख ५२१ पुगेको छ। 

डिम्याट खाता खोल्नेको संख्या पनि बढेर ४६  लाख ८६ हजार ६७२  पुगेको छ। डीपीको सुविधा दिनेमा ब्रोकर र बैंकहरु ८२ वटा पुगेका छन्। त्यसैगरी  सि–आस्बामा दर्ता भएका  बैंकहरुको संख्या ५५ पुगेको छ। 

हालसम्म  सेयर बजारमा २१२ कम्पनीको सेयर कारोबारका लागि दर्ता भएका छन्। नेप्सेमा अहिलेसम्म ७८ अर्ब ३८ करोड ८१ लाख २९७ कित्ता सेयर डिम्याट खातामा जम्मा भएको छ। सामूहिक लगानी कोषको संख्या ३३ पुगेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८