फोनिज पाँचथरको अध्यक्षमा रामचन्द्र तामाङ निर्वाचित

२ बर्ष अगाडि

काठमाडौं - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको अध्यक्षमा रामचन्द्र तामाङ निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि बिहीबार भएको निर्वाचनमा प्रत्यासी गणेश साम्पाङलाई ७ मतले पराजीत गर्दै तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । गत मंसीर २९ गते उद्घाटन भएको फोनिज पाँचथरको अधिवेशन नेतत्वमा दुई जनाले दाबि नछाडेपछि सहमतिको लागि निर्वाचत समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको थियो ।

तर दुई हप्ताभन्दा बढी समयमा पनि सहमति जुट्न नसकेपछि बिहीबार निर्वाचन गराइएको हो । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको कार्यालयमा भएको निर्वाचनमा कूल ७० मतमध्ये ५३ मत खसेको थियो । जसमध्ये तामाङले ३० मत र साम्पाङले २३ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृत मंगल बेघाले बताए ।

कार्य समितिको उपाध्यक्षमा सहरसिं तामाङ, सचिव उपेन्द्र येक्तेन, सहसचिव चित्रकला हाङसरुम्बा र कोषाध्यक्ष इवारा जबेगु सहित अन्य सदस्य, प्रदेश प्रतिनिधि र संघीय प्रतिनिधि भने सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया