एकैदिनमा ११ हजार बढीमा संक्रमण पुष्टि, कति जनाको परीक्षण ?

२ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।

यस्तै,औषत संक्रमणदर ५२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९  र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया