नेप्सेमा ४ कम्पनीको १ करोड ३४ लाख बढी कित्ता शेयर सूचीकृत, कुन कुनको ?

२ बर्ष अगाडि

काठमाडौं-नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ४ कम्पनीका १ करोड ३४ लाख बढी कित्ता शेयर सूचीकृत भएका छन्।

नेप्सेमा माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्तका कुल १ करोड ३४ लाख ९१ हजार ८८९ कित्ता बोनस सेयर सूचीकृत भएका हुन्। 

नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस शेयर सूचीकृत भएको छ। यो बैंकले गत आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

यसैगरी आशा लघुवित्तको ६ लाख ६७ हजार ८२८ कित्ता, साधना लघुवित्तको ६ लाख ४२ हजार ४५१ कित्ता र गुराँस लघुवित्तको १ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन्। 

२ बर्ष अगाडि

प्रतिक्रिया