एक वर्षमा धितोपत्र बोर्डद्धारा २२ कम्पनीलाई १५ अर्ब १८ करोड ६४ लाख रुपैयाँ आईपीओ निष्काशनको अनुमति

२ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०७७/७८ मा २२ कम्पनीलाई १५ अर्ब १८ करोड ६४ लाख रुपैयाँ आईपीओ निष्काशनको अनुमति दिएको थियो । 

यस्तै ७ कम्पनीलाई १४ अर्ब ४ करोड ९७ लाख रुपैयाँ बराबरको हकप्रद, २३ कम्पनीलाई ६९ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र, ९ कम्पनीलाई ९ अर्ब ९० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो । 

यसअघि अघिल्लो आव २०७६/७७ मा भने बोर्डले ९ कम्पनीलाई ३ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ आईपीओ निष्काशनको अनुमति दिएको थियो । सथै ११ कम्पनीलाई ४ अर्ब ४१ करोड २ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशनको अनुमति दिएको थियो ।  

तेस्तै १२ कम्पनीलाई २३ अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र, २ कम्पनीलाई १ अर्ब ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया