फेसबुकको शेयरमूल्यमा उछाल, सक्रिय प्रयोगकर्ता ३ प्रतिशतले वृद्धि

१ बर्ष अगाडि

काठमाडौं, सन् २०२२ को पहिलो त्रैमासमा मेटा (फेसबुक)को कमाइ अपेक्षाअनुरुप नभए पनि कम्पनीको शेयरमूल्यमा भने उछाल आएको छ। कम्पनीको आय विवरण बुधबारसार्वजनिक भएपश्चात कम्पनीको शेयरमूल्य १८ प्रतिशतले वृद्धि भएको हो। 

फेसबुकको मासिक सक्रिय प्रयोगकर्ता ३ प्रतिशतले वृद्धि भएका छन्। यस्तै दैनिक सक्रिय प्रयोगकर्ता ४ प्रतिशतले वृद्धि भएका छन्। 

कम्पनीले यस वर्ष ९२ बिलियन देखि ९५ बिलियनसम्म खर्च हुने अपेक्षा गरेको छ। यसलाई लगानीकर्ताले स्वागत गर्नुका साथै सकारात्मक रुपमा लिएका छन्। 

यस वर्षको पहिलो त्रैमासमा २७.९ बिलियन डलर आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा ७ प्रतिशतले बढी हो। त्यस्तै कम्पनीको कुल आय ७.५ अर्थात प्रतिसेयर २.७२ डलरले वृद्धि भएको छ। 

मेटाको रिपार्टका अनुसार प्रतिविज्ञापनमा कम्पनीको औसतमूल्य गत वर्षको तुलनामा ८ प्रतिशतले घटेको छ। अघिल्लो त्रैमासमा भने प्रतिविज्ञापनमा कम्पनीको औसतमूल्य ६ प्रतिशतले वृद्धि भएको थियो। 

यस्तै रुस–युक्रेन युद्धका कारण रुसमा गत महिना फेसबुक र इन्स्टाग्राम बन्द हुँदा कम्पनीको व्यवसाय प्रभावित बनेको रिपार्टमा उल्लेख छ। यो चुनौती आगामी त्रैमासमा समेत देखिने कम्पनीले जनाएको छ। –एजेन्सी 

१ बर्ष अगाडि

प्रतिक्रिया