डेनमार्क बन्यो कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गर्ने विश्वको पहिलो देश, ४८ लाखले लगाए

१ बर्ष अगाडि

एजेन्सी - कोरोनाविरुद्धको खोप स्थगित गर्ने विश्वको पहिलो देश डेनमार्क बनेको छ । कोरोना महामारी नियन्त्रणमा आएको भन्दै डेनमार्कले खोप कार्यक्रम स्थगित गरेको हो । 

डेनमार्कको स्वास्थ्य प्राधिकरणले भनेको छ, ‘वसन्त ऋतुको आगमन भएको छ, डेनमार्कको जनसंख्यामा खोपको कभरेज उच्च छ र महामारी उल्टिएको छ, त्यसैले यो सिजनका लागि हामीले खोप कार्यक्रम स्थगित गर्ने निर्णय गरेकहा छौँ ।’ 

डेनमार्कमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन् २०२० को क्रिसमसपश्चात थालनी भएको थियो । डेनमार्कमा करिब ४८ लाख जनसंख्यालाई कारोनाविरुद्धको खोप लगाइएको छ ।

यसमध्ये ३६ लाखजनाले बुस्टर डोज लगाएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया