काठमाडौं - स्थानीय निर्वाचनको मतगणना जारी छ । सुरुवाती चरणमा रहेको मतगणनाको क्रममा कतिपय स्थानमा रोचक अवस्था पनि देखिएको छ ।
विभिन्न गाउँपालिका र नगरपालिकाका मतपरिणामहरु सार्वजनिक भइरहँदा धेरैको ध्यान चाहिँ देशका ६ महानगरपालिकाको सम्भावित मतपरिणामतर्फ केन्द्रीत रहेको छ ।
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा सुरुवाती अग्रतालाई कायम राख्दै मेयरतर्फ स्वतन्त्र उम्मेद्वार बालेन साहले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तरलाई बढाउँदै लगेका छन् ।
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा निवर्तमान मेयर चिरिबाबु महर्जन नै अगाडि छन् ।
भरतपुर महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकामा मेयरतर्फ रोचक भिडन्त देखिएको छ । गठबन्धनको साझा उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी छन् ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाको मेयर पदमा पनि कडा टक्कर देखिएको छ । यहाँ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेकपा समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् ।
वीरगञ्ज महानगरपालिका
वीरगञ्ज महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेद्वार जनता समाजवादी पार्टीका राजेशमान सिंह दोब्बर मतले अगाडी छन् ।
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेद्वार नेपाली कांग्रेसका नागेश कोइराला फराकिलो मतान्तरले अगाडि छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।