काठमाडौ महानगरको पछिल्लो अपडेट : स्थापित भन्दा झन्डै ३५०० मत अगाडि बालेन, कसले कति मत ल्याए ?

१ बर्ष अगाडि

काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन्। 

साहले सोमबार ३.३० बजेको मत परिणामअनुसार ७  हजार ३३९ मत प्राप्त गरेका छन्। जब कि उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३ हजार ८६२ मतमात्र प्राप्त गरेका छन्।

यो हिसाबले बालेनले स्थापितको भन्दा ३ हजार ४७७ बढी मत प्राप्त गरेका छन्।

मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३ हजार ३५८ मत पाएकी छन्। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया