देशभर ११२ स्थानमा कांग्रेसले जित हात पार्‍यो,एमाले र माओवादी कति स्थान भए विजयी ?

१ बर्ष अगाडि

काठमाडौं- देशको सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम आउने क्रम जारी छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार देशैभरिमा २४४ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ । 

जसमध्ये नेपाली ११२ स्थानमा जित हात पार्दै सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले १०९ स्थानमा उपाध्यक्ष जितेको छ ।

दोस्रो स्थानमा ६५ स्थानीय निकायको अध्यक्ष जित्दै एमाले रहेको छ । नेकपा एमालेले ६८ स्थानमा उपाध्यक्ष उपमेयर जितेको छ ।

यस्तै, माओवादी केन्द्रले ५३ स्थानीय निकायको अध्यक्ष पदमा बिजयी भएको छ । माओवादी केन्द्रले ४७ वटा उपाध्यक्ष पद हात पारेको छ ।

उता, एमालेबाट विभाजन भएको नेकपा समाजवादीले चार स्थानमा विजयी भएको छ । सो पार्टीले ९ स्थानमा उपाध्यक्ष जितेको छ ।

पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस २०१ स्थानमा अगाडि रहेको छ भने एमाले १२३ स्थानमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्र ६२ स्थानमा अगाडि रहेको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया