देशभर २९० स्थानीय तहको मत परिणाम सार्वजनिक, १३० स्थानमा जीत हासिल गर्दै अगाडि र एमाले कति ?

१ बर्ष अगाडि

काठमाडौं, वैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचन मत परिणाम आउने क्रम जारी रहेको छ ।  निर्वाचन आयोगको जारी अनुसार मंगलबार मध्यान्ह १२ः२० बजेसम्ममा २९० पालिकाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार निर्विरोध निर्वाचितसमेत गरी अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै १३० स्थानमा जीत हासिल गरेको छ ।
 
यसैगरी, दोस्रोमा नेकपा एमालेले ८४ स्थान र नेकपा माओवादी केन्द्रले ६१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी, नेकपा एकीकृत समाजवादीले ४ स्थान र जनता समाजवादी पार्टीले ३ स्थानमा बिजयको खाता खोलेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया