नेप्सेमा ६४ लाख ४२ हजार कित्ता बोनस शेयर सूचीकृत, कुन कम्पनीको  ?

१ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

कम्पनीको १९ प्रतिशत बोनस बापतको ६४ लाख ४२ हजार ६ सय ८९.४९ कित्ता शेयर सूचिकृत भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन २९ गते, आइतबार सम्पन्न भएको तेत्तीसौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया