मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, ३ कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट

१ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (मंगलबार) शेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज अन्तिम समयसम्म आउँदा ८४.९० अंकले घटेर २२६५.५२ को बिन्दुमा पुगेको छ ।

भारी अंकले घटेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ  । आज युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सुर्योदउ वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

यस्तै,बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९.८४ प्रतिशत,इमर्जिङ नेपालको ९.५६ प्रतिशत र दिवेश्वरी हाइड्रोपावरको ९.५४ प्रतिशतले शेयरमूल्य घटेको छ ।

अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले घट्यो ?

१ बर्ष अगाडि

प्रतिक्रिया