नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित

१ बर्ष अगाडि

काठमाडौं - नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् ।

धनकुटाको सागुरिगढी गाउँपालिका (६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो ।

पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको उपाध्यक्ष बिना राई ,  ताप्लेजुङ शाखा बाट केन्द्रिय सदस्य शान्ता आङ्बुहाङ र धनकुटा शाखा बाट अन्जना ताम्लि सम्मानित भएको हो ।

राई सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाको उपाध्यक्ष, आङ्बुहाङ ताप्लेजुङ जिल्लाको आठराई त्रिबेणि गाउँपालिकाको उपाध्यक्ष र ताम्ली धनकुटा जिल्लाबाट  संबिधान सभा सदस्यमा निर्वाचित भएको नेपाल पत्रकार महासंघ प्रदेश न. १ ले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया