मलेसियामा २४ घन्टामा २ हजार बढीमा कोरोना पुष्टि, मृत्यु कति ?

१ बर्ष अगाडि

एजेन्सी - मलेसियामा गएको २४ घण्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्ममा कोरोना भाइरसको सङ्क्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ ।

मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन् । तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ ।

तर पछिल्ला केही हप्ता यता भने यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको पाइएको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया